राजनीति

कांग्रेसका महर्जन र एमालेकी शाक्य ललितपुर महानगरको मेयरमा र उपमेयरमा विजयी

नेपाली कांग्रेसका चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका छन् । महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै विजयी भएका हुन्। २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराएका थिए ।