• १९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

      २०७८ बैशाख २९ प्रकाशित २०:३९        आयो खबर

    काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी अहिले राति ८ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर

  • उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

      २०७८ बैशाख २९ प्रकाशित २०:०४        आयो खबर

     काठमाडौँ । उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । “निषेधाज्ञाको

  • माओवादीले पार्टी कार्यालयहरूलाई आइसोलेशन बनाउने निर्णय

      २०७८ बैशाख २९ प्रकाशित १९:५५        आयो खबर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो । बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय

  • कोरोना विशेष अस्पतालमा आधा घण्टा अक्सिजन नहुँदा ५ जनाको मृत्यु

      २०७८ बैशाख २९ प्रकाशित १८:५९        आयो खबर

    बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक पाँच विरामीको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएको थियो । अक्सिजन सप्लाई रोकिएपछि पाँच बिरामीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अक्सिजन सकियो, आधा घण्टा दिन सकेनौं, उहाहरुको मृत्यु भयो, उनले