मेयर पदका स्वतन्त्र बालेन शाहले अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्।
काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र बालेन शाहले १ लाख ५० हजार मत गणना हुँदा अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्। उनले आफ्ना दुवै प्रतिस्पर्धीसँग झण्डै २० हजार मत अन्तर कायम गरेका छन्।
काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई ३० हजार ७ सय ६७ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ३० हजार १५ मत मात्रै प्राप्त भएको छ।
बालेन शाह र सिर्जनाबीच १९ हजार २ सय ६३ मत अन्तर रहेको छ भने बालेन र स्वापितबीच २००१५ मतको अन्तर रहेको छ।
सिंह र स्थापितबीच ७ सय ३७ मतको अन्तर रहेको छ।
काठमाडौँ महानगरपालिकाको वडा नं १ देखि १३ र वडा नं २३ देखि ३३ सम्मको मत परिणाम सार्वजनिक भईसकेको छ भने अन्य वडामा मत गणना भई रहेको छ।
