
भरतपुर महानगरमा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरेकी हुन् ।
उनले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेका छन् । रेणुले २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित भएकी थिइन् ।
यस्तै, गठबन्धनबाट उपमेयरमा विजयी भएका कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरेकी थिइन्।
