सुर्खेत , सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो।