बहुविवाहको अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

२३ भाद्र २०७६, सोमबार १३:४९

प्युठान , बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् ।
बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दाा दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी कार्यालयले जनाएको छ ।

गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।