सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

२३ भाद्र २०७६, सोमबार १४:५४

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो चार सय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका अनुसार सुन ‘रिसिभ’ गर्न आएका अन्य दुईजना समेत पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुमाथि भन्सार कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।