
जाजरकोट, भाइरल ज्वरोले विरामी भएर अस्पताल भर्ना भएकी एक छात्राको मृत्यु भएको छ । राम्रो उपचार अभावका कारण टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र रुघा लाग्ने समस्याबाट ग्रसित बारेकोट गाउँपालिका–६ टाँसीधुमकी १४ वर्षीया आशा विकको उपचार अभावमा मृत्यु भएको हो।
एक साताअघि जाजरकोट अस्पतालमा भर्ना भएकी आशा खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन्। जाजरकोट अस्पताल र चौरजहारी मिसन अस्पतालमा उपचारका लागि लगिएकी आशा निको हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
