सामाजिक

आज छठपर्व श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं , आज छठपर्व शुद्धता, सद्भाव , श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।