वीरगञ्ज, आइतबार बिहान वीरगन्ज महानगरपालिका(११ श्रीपुरमा आगलागी भएको छ यक्त आगलागीबाट स्थानीय भोजप्रसाद चौरसियाको धुम्ती पसल जलेको छ। पसलको आगलागीबाट २ लाख बढीको क्षति हुन पुगेको पीडितले जनाए। अचानक लागेको आगोलाई वीरगन्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। एकाबिहानै अचानक घुम्ती पसलमा कसरी आगलागी भयो भन्ने विषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बतानुभएको छ।
आगोलाई महानगरको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिएको थियो। आगलागीबाट करिब २ लाख मुल्य बराबरको सामाज जरेर क्षति पुगेको प्रहरीले अनुमान गरेको छ।