कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।