जनकपुरका शक्तिपीठ मध्येको प्रमुख मानिने राजदेवी मन्दिरमा दसैंको बेला महिलालाई देवीको दर्शन तथा पूजा निषेध गरिने परम्परा छ ।
परम्परा किन लागु गरियो भन्ने कुनै ठोस प्रमाण नरहेपनि उक्त परम्पराको विरोध भने स्थानीय महिलाहरुले खासै गर्ने गरेको पाइँदैन । अधिकारकर्मी महिलाहरु प्रत्येक वर्ष उक्त परम्परालाई तोड्नुपर्ने आवाज उठाउँछन् । महिला तथा पुरुष सबैले दसैंमा देवीको दर्शन गर्न पाउनुपर्छ भनेर पहल गर्न भने सकेका छैनन् ।अरुबेला मन्दिरभित्र प्रवेश गर्न दिइए पनि दसैंको बेलामा भने बन्देज लगाइने गरिएको छ । दसैंको घटस्थापनादेखि नवरात्री अर्थात् टीकाको अघिल्लो दिनसम्म महिलालाई राजदेवी माताको पूजा तथा दर्शन गर्नसम्म निषेध गर्ने गरिएको हुन्छ । पुरुषहरु चाहिँ मन्दिरभित्र सहजै प्रवेश पाउने गरेका छन् ।
किम्वदन्ती अनुसार विदेह राजा जनकको कूलदेवीको रुपमा राजदेवीको पूजा गरिन्छ । जनमानसमा प्रचलित कथा अनुसार त्रेतायुगमा मिथिलामा अनिकाल पर्दा राजा जनकले राजदेवीको प्रतिमा स्थापना गरेका हुन् ।उक्त मन्दिरको निर्माण १३औं शताब्दीमा भएको बीश्बास गरीन्छ