राजनीति

‘महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल आवश्यक’- राष्ट्रपति भण्डारी

फागुन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।