काठमाडौं, सरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ। अहिले मुलुकमा कुल रेमिटेन्सको एक तिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ।