जापान जाने विद्यार्थी घटे

१४ भाद्र २०७६, शनिबार ११:२२

काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापानी भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको थियो।

नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने भन्दै त्यस्ता विद्यार्थीलाई अनुमति नदिने भनिएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रवक्ता महेश्वर शर्माले बताए।

अनुमति शाखाका अनुसार २०७६ साल साउनमा जापान जान एनओसी लिन आउनेको संख्या २सय ४८ मात्र छ। आव २०७५र७६ जेठसम्म ८ हजार ३६ जना तथा जेठ देखि असार मसान्तसम्म ४ सय ८७ जनाले जापानका लागि एनओसी लिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।