सुर्खेत, सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घरछेउमै दुईवटा छाउगोठ महिनाबारी भएको बेला बस्ने ठाउँ) थिए । आँगननजिकै खरले छाएको र झारले बारिएको अस्थायी छाउगोठभित्र पराल र कपडा राखिएको थियो।