समाचार

अर्घाखाँचीमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु

अर्घाखाँची, ट्याक्टरले किच्दा अर्घाखाँची जिल्लाको शितगंगामा एकजनाको मृत्यु भएको छ। बालुवा झारेर अमराई जाँदै गरेको लु३त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा ४ गोर्थुमका ४२ वर्षीय रामु विकको मृत्यु भएको हो।