नेता हुनु नारायणकाजी श्रेष्ठ जस्तो

२३ जेष्ठ २०७७, शुक्रबार १०:२३

काठमाडौं , नेकपा सचिवालय सदस्य एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने घोषणा गर्नु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सबै क्षेत्र प्रभावित भएको भन्दै श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गर्नु भएको हो ।
नेता श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गर्नु भएको थियो ।