काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुटेका छन्। सर्वोच्चले १३ दिनभित्र संसद बोलाउन निर्देशनात्मक आदेश दिएपछि ओलीले राजनीतिक तथा कानुनी परामर्श थालेका हुन्।