मुख्य समाचार

कानुन समितिको बैठकमा देउवा अनुपस्थित भएपछि गुप्ताको सभापतित्वमा सुरु

कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ज्येष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिको आन्तरिक कार्यविधि र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।