सामाजिक

गैँडाकोटको बसेनी गाउँमा पहिलेको पाखो बारीमा अहिले सुन्तला घारी

नवलपरासी, ५ भदै– सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा बनेको छ ।