काठमाडौं, रुसले आफ्नो भ्याक्सिनमाथि अन्तर्राष्ट्रिय जगत्ले गरेको आशंकालाई ‘अत्यन्तै वाहियात’ बताएको छ। आफ्नो भ्याक्सिन मानवमा सफल परीक्षण भएको र यसका लागि दुई महीना ट्रायल गरिएको रुसले मंगलबार दाबी गरेको हो।