श्रीलङ्काली राष्ट्रपति नेपाल आइपुगे

१३ भाद्र २०७५, बुधबार १८:२६

नेपालमा हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् ।

उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए । यसअघि सम्मेलनमा सहभागी हुन म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका सल्लाहकार काठमाडौं आइसकेका छन् भने भारत, थाइल्याण्ड र बंङ्गलादेशका सरकार प्रमुख बिहिबार नेपाल आइपुग्ने छन् । विमस्टेक सम्मेलन बिहिबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।