लगातार ओरालो लाग्दै शेयर बजार

५ भाद्र २०७५, मंगलवार १८:१८

भदौ ५ , २०७५ काठमाडौँ । सेयर बजार तीन दिनदेखि लगातार ओरालो ओरालो लागेको छ । लगातार ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४।१८ बिन्दुले घटेर एक हजार १८३।८९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।८३ बिन्दुले घटेर २४९।९२ बिन्दुमा झरेको छ । मंगलबार कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २।९५, जलविद्युत् ०।५६, निर्जीवन बीमा ४।४७ र अन्य समूह १।४१ बिन्दुले बढेको छ ।

यस्तै बैकिङ ५।४१, होटल ८।७६, विकास बैङ्क ३।१८, वित्त २।९४, उत्पादन २२।८५, माइक्रो फाइनान्स १०।३३ र जीवन बीमा ०।५१ विन्दुले घटेको छ ।