स्कुल आउन ढिला गर्दा प्रअले कान फुट्ने गरि कुटे

४ आश्विन २०७५, बिहीबार ०८:३१

खुमान सार्की नेपाली

चितवन । चितवनको एक विद्यालयका प्राधाना ध्यापकले स्कुल ढिला आउदा विद्यार्थीको कानै फुट्नेगरि कुटेका छन् । जसका कारण ति विद्यार्थीको कानबाट रगत नै बगेको छ । जिल्लाको नवलपुरको बुलिङ्टार ६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गर्दा कान फुटेको हो । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।

विद्यालयमा निर्धारित समयभन्दा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

प्रधानाध्यापक श्रेष्ठले आफुले कुटेको स्वीकार गरेका छन् । खुमानलाई गालामा कुट्दा कानमा लागेर रगत बताएका छन् ।