सैनिक हेलिकप्टर एक वर्षमा ८ सय घण्टा उडान, भिआईपीकै लर्को

४ आश्विन २०७५, बिहीबार ०७:१८

काठमाडौं । दुर्घटानहुँदा ईमर्जेन्सीका लागी प्रयोग गरिने सैनिक हेलिकप्टर सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि अधिक उडाउने गरेको खुलेको छ । भिआईपीहरुकै लागी हेलिकप्टर पछिल्लो १ बर्षको अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरिएको समाचार आजको कारोबार दैनिकमा छ ।

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६र७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो ।

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् ।

कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको छ ।