नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज अदालतमा उपस्थित गराइने

५ भाद्र २०७५, मंगलवार १२:१६

भदौ ५, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज अदालतमा उपस्थित गराइने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेकाले उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

प्रकाण्डले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका हुन् । विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । तर, आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेका थिए ।