मिलनको मैना चरी बजारमा आउदै

२९ भाद्र २०७५, शुक्रबार २०:०१

काठमाडौं ।  कलाकार मिलन साउँको मैना चरी बजारमा आउदै छ । पछिल्लो समयका चर्चित सर्जक तथा गाएक मिलन छोटो समयमै आफुलाई स्थापित कलाकारको रुपमाा चिउन सफल गाएक हुन । उनले काठमाडौंको करिब ८ महिनामै ७ वटा गीतहरु बजारमा ल्याउन सफल भएका छन् ।

साउँदको आफ्नै स्वरमा रहेको हुकुमको एक्काबाट चर्चामा आएका गाएक मिलनले पछिल्लो समय एक पछि अर्को गर्दै हिट गीतहरु बजारमा ल्याई सकेका छन् । यस्तै उनले आफ्नो यो गितले पनि दर्शक स्रोताहरुको मनमा कब्जा जगाउने जनाएका छन् ।

गीतमा लय, शब्द तथा स्वर गाएक मिलन साउँदको आफ्नै रहेको छ भने र्याप जगत त्रिरुवाको रहेको छ । यस्तै गीतको म्युजिक भिडियोमा जेनित विष्ट, कमल रोकाया र चर्चित मोडेल आरुसी मगरको रहेको छ ।