झापामा गाउँपालिका सदस्यबीच चल्यो हानाहान, एक जना घाईते

२४ भाद्र २०७५, आईतवार ०८:५८

भद्रपुर । झापाको कचनकवल गाउँपालिकाको दोस्रो गाउँसभामा परिषद सदस्यहरुबीच नै कुटाकुट भएको छ । गाउँपालिकाको दास्रो नगरसभाको उद्धाटनहुने वित्तिकै स्थागीत भएको छ । नेपालकै होचो स्थानिय तहको नामले परिचित उक्त गाउँपालिकाको गाउसभामा गाउँपवालिका अध्यक्ष अन्जार आलमले उद्घाटन गर्ने वित्तिकै असन्तुष्ट पक्षले माइक्रोफोन खोसेपछि झगडा सुरु भएको थियो ।

झडपको क्रममा असन्तुष्ट पक्षले टेवल फुटाउदा परिषदसदस्य समेत रहेकी लक्ष्मी देवी लिम्बू घाइते भएकी हुन् । उनको कन्चटमा चोट लागेको छ । कुटकुटपछि आइतबार विहान ८ बजेसम्मलाइ सभा स्तगन भएको अध्यक्षले घोषणा गरेका थिए ।

गाउँपालिका अध्यक्षले एकलौटी रुपमा बजेट बनाएर पारित गर्न लागेको भन्दै विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले कार्यक्रम स्थल बाहिर जवरजस्ती गर्न पाइदैन, गाउँसभा बन्द गर, जनताको मागलाइ पूरा गर लगायतका नाराबाजी समेत गरेका थिए । साथै प्रदर्शन कारिले गाउसभाको प्रमुख आतिथ्यता ग्रहण गर्न आएका प्रदेश सभा सदस्य वसन्त वानियालाई भित्र प्रवेश गर्न नदिएको स्रोतले जनाएको छ । जसका कारण विहान १० बजे हुने भनिएको कार्यक्रम दिउँसो २ बजे मात्र सुरु भएको थियो । सुरु भएको केहि समयमै कार्यक्रमले उग्र रुप लिएपछि सुरु भए लगत्तै स्थागित भएको थियो ।

प्रदर्शनकारीले विरोधमा उत्रिएकालाइ सम्बोधन गर्नु पर्ने नत्र घेरेर राख्ने बताएपछि अध्यषले कार्यक्रम स्थागीत भएको घोषणा गरेका थिए । तर, गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले वहुमत देखिएको छ ।
किन भयो झडप ?
हाल गाउँपालिकाको कार्यलय वनियानी बजारमा रहेको छ । तर, गाउँपालिकाले यसलाई सार्न लागेको भन्दै स्थानीयले रोक्नु पर्ने माग राखेर विरोध गर्दै प्रदर्शन गरेका थिए । गाउँपालिकाले गरेको निर्णय आफुलाई चित्त नबुझेको भन्दै असन्तुष्ट पक्षले सभा स्थगन गर्नुपर्ने माग राखेर वनियानी चोकमा टायर बाल्दै विरोध जनाएका थिए ।
बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले गाउँपालिकाकै वडानम्बर–७ मा सार्न लागेको भन्दै विरोध जनाएका थिए । उक्त स्थानमा शुसिल अग्रवालले गाउँपालिकाको कार्यलय निर्माणका लागी १५ कठ्ठा जग्गा ृपलब्ध गराएका छन् । उनीहरुले एकलौटी रुपमा जुनसुकै निर्णय अध्यक्षले गर्ने गरेकोले अन्य सदस्यको कुनै काम नभएको उनले जनाए ।