विमस्टेक सम्मेल अवधिभर यात्रुबाहेक अरुलाई विमानस्थलमा प्रवेश निषेध

११ भाद्र २०७५, सोमबार १७:१६

यहि भदौ १४ र १५ गतेबाट सुरु हुन लागेको अन्र्तराष्ट्रिय विमानस्थल विमस्टेक सम्मेलन अवधिभर यात्रु बाहेक अरुलाई विमानस्थल प्रवेशमा रोक लगाईएको छ । मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल कार्यालयले यात्रु बाहेक अरलाई प्रबेशमा रोक लगाएको हो । प्रवेश बन्द गरिने भएको हो ।

विमानस्थल कार्यालयले विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवतजावतका लागि सम्मेलन अवधिभर यात्रुबाहेक अन्यलाई प्रवेश निषेश गर्न लागेको हो । यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीलाई विमाननस्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्न नदिने सूचना विमानस्थल कार्यालयले जारी गरेको छ । तर, सेवाप्रदायक कम्पनी कर्मचारीमा भने यो नियम लागू नहुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘तत्कालको अवस्थामा बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै आगन्तुकलाई प्रवेश निषेध गरिएको हो’, क्षेत्रीले भने, ‘विमानस्थल सुरक्षा दृष्टिले सम्मेलनपछि पनि यात्रुबाहेक अन्य आगन्तुकलाई विमानस्थलको गेटबाट प्रवेश बन्द गराउने विषयमा छलफल भएको छ । ’

तर, कुनै यात्रु विरामी, अशक्त र सहयोगी नभई नहुने अवस्थामा भने एकजना सहयोगीलाई मात्रै गोल्डेन गेटभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । जसका लागि गोल्डेन गेट नजिकै सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीलाई अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशको कारण खुल्लाई सयोग गरिदिन विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

सहयोगीका रुपमा भित्र जानेले पनि १५ देखि २० मिनेटमै विमानस्थल बाहिर निस्किसक्नुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तैगरी यात्रु लिएर विमनस्थल प्रवेश गरेको सवारी पनि पार्किङतर्फ नगई सीधै बाहिर निस्कनु पर्नेछ । विमानस्थल प्रवेश पास भएका सवारी साधानबाहेक खाली ट्याक्सीलाई गोल्डेन गेटबाटै प्रवेश निषेध गरिएको क्षेत्रीले जानकारी दिए ।

यसैगरी यात्रुसँग पहिले नै सम्पर्करपहिचान भई लिन आउने होटेलका वा निजी गाडीको हकमा जहाज अवतरण भएको ५ देखि १० मिनेट अगाडि मात्रै प्रवेश अनुमति लिइ तत्काल फिर्ता हुनैपर्ने कार्यालयल जनाएको छ ।