बलात्कारीलाई फाँसी दे भन्दै सडकमा (भिडियो)

२५ भाद्र २०७५, सोमबार १४:२४

https://www.youtube.com/watch?v=TYLEzNnGd2o&feature=youtu.be

पछिल्लो समय चर्चामा रहेको निर्मला पन्तको बल्तात्कार पछि हत्या गरिएको घटनाले देशमा द्वन्द सिर्जना भएको छ । यो घटना पछि बलात्कारीलाई फाँसी दिईनु पर्ने माग अधिाकांस अधिकार कर्मि तथा विद्यार्थीहरुले माग गरेका छन् । यो घटनालाई थप उचाईमा पुर्याउनका लागी पुनः फाँसी दे भन्दै गीत बनेको छ । गितमा बलात्कारीले निर्मला पन्त जस्तो धेरै महिला तथा किसोरीहरुको ज्यान लिँदै गरेको तत्कालीन अवस्थामा सरकार मौन बसेको भन्दै अब सरकारले जाग्न माग गरिएको छ ।

यस्तै गीतले बलात्कारीलाई फाँसीको मागलाई सरकारले सम्बेधन गरिनु पर्ने माग गरेको छ । यस विषयमा गायिका निरुता खत्रीले समाजबाट बलात्कारका घटना न्युनिकरण गर्नका लागी बलात्कारीलाई फाँसीको सजाए दिईनु पर्ने बताएकी छिन् । उनले यस्ता खालका घटनाहरु दैनिक रुपमा बढिरहेको जानकारी गराउदै अब सरकारले छिटो भन्दा छिटो यसको निकास खोज्नु पर्ने जनाएकी छिन् । गीतमा गायिका निरुता खत्री र महेश बाबुको स्वर रहेको छ ।