जापान पठाउने बाहनामा युवालाई लुट्ने समुहका मुख्य नाईके पक्राउ

२५ भाद्र २०७५, सोमबार १९:१९

काठमाडौं । नेपाली युवाहरुको रोजगारीको लागी आकर्षक देश जापान पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । युवालाई विभिन्न बाहाना बनाएर जापान पठाउने भनदै ठगी गर्ने ति युवा उक्त समुहका नाईके हुन् ।

उनले १ करोड ३१ लाख ५० हजार ठगि गर्ने समुहका मुख्य नाइके भनिएका युवालाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवार काठमाडौको बसुन्धराबाट पक्राउ गरेको छ। दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै२८ जनाबाट ७ देखि १२ लाख सम्म रकम लिएका प्रहरीले बताएको छ ।

उनलाई थप अनुसन्धानका लागि व्युरोले आज सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।