थोत्रो भएको छ कांग्रेस: ओली

१६ फाल्गुन २०८०, बुधबार १३:५९

विराटनगर । प्रमुखप्रतिपक्षी दल नेकपाएमालेका अध्यक्ष केपीशर्माओलीलेसरकार फेर्ने खेलमाएमाले नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमाबुधबार सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमाएमाले नरहेकोबताएकाहुन् ।
उनले भने,‘हामीमिसन ८४ मा केन्द्रित छौं।

मुलुकको विकासगर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन् । जनतामा रहेकोनिराशालाई आशामाबदल्नु छ । प्रतिपक्षमा रहेको अवस्थामाहामीलेगठबन्धन सरकारलाई सुझावदिँदै आएका छौ । तर गठबन्धनलेसुनिरहेको छैन ।’
अध्यक्षओलीले नेपालीकांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेकोआरोप समेत लगाए । ‘कांग्रेस अब पुरानो अवस्थामा रहेन । पहिलेको जस्तोछैन’उनले भने,। थोत्रो भएको छ कांग्रेस ।’

कांग्रेसले संविधान संशोधनको विषयअघि बढाउनुलाई उनले ब्लाइन्ड फायर’ गरेको रुपमालिएको बताए । संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी,विषयगत मुद्दा चाहियो । ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ ?’अध्यक्षओलीले भने, कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको छ।’
संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियतबिर्सिएको अध्यक्षओलीले बताए ।

यसैगरी ओलीले अर्को प्रसंगमाजनताको मृत्युको कारण देखिएकामन्त्रीले राजीनामादिएर नैतिकता देखाउनुपर्ने बताए । मन्त्रीका कारणजनताको मृत्यु भएको अवस्थामा राजीनामादिनुपर्ने उनले बताए ।

गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिकपूर्वाधार तथायातायातमन्त्रीप्रकाशज्वालालाई लक्षितगर्दै ओलीले मन्त्रीको कारणजनताको मृत्यु भएको अवस्थामासरकारका मन्त्रीले तत्काल राजीनामादिनुपर्ने बताएकाहुन् ।