नेदरल्यान्ड्सले दियो नेपाललाई १ ८५ रनको लक्ष्य

१६ फाल्गुन २०८०, बुधबार १३:११

काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।