आज सुनको मूल्य १ सयले घट्यो, कारोबार कतिमा हुदै ?

१६ फाल्गुन २०८०, बुधबार ११:४६

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा १ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।