नेदरल्यान्ड्सविरूद्ध नेपालले बलिङ गर्दै

१६ फाल्गुन २०८०, बुधबार ११:३२

काठमाडौं । नेदरल्यान्ड्सविरूद्धको टी(२० खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा पनि पहिले बलिङ गर्न लागेको हो।

त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरूद्ध टस हारेर पहिले बलिङ गरेको थियो। खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्।

विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।

team-nepal-vs-ned-1709097728.jpg