काठमाडौं। टी–२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।
उनले नामिबियाका ओपनर माइकल भान लिङ्गेनलाई २० रनमा आउट गरेका हुन्। टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेको हो। नामिबियाले ६ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाएको छ।
