नेपालले नेदरल्याण्डस्लाई दियो १७३ रनको लक्ष्य

१३ फाल्गुन २०८०, आईतवार १३:४१

काठमाडौं। काठमाडौँमा जारी आइसीसीविश्वकपलिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीयक्रिकेटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितकालागि एक सय ७३ रनको लक्ष्यदिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो । नेपालकालागिओपनर कुशलभुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीयपारी खेले ।

त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहितपौडेल १६, अनिलशाह७ र कुशलमल्ल २ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई \ दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक\एकविकेट लिए । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।