काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । घुम्न गएकी अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिवार साँझ भीरबाट खसेकी हुन् ।
सशस्त्र प्रहरी बलको टोलीले आइवार बिहान उनलाई भीरबाट निकालेको थियो । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका चिकित्सकले उनलाई बिहान साढे १० बजे मृत घोषण गरेको ती युवतीको शव डोरीको सहायतामा भीरबाट निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपि शैलेन्द्र थापाले जानकारी दिए।
जोसको शव प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पतालमै राखिएको छ । जोससँगै घुम्न गएका एक अमेरिकन नागरिक पनि अहिले गण्डकी अस्पतालमै रहेको र उनीसँग सोधपुक्ष भइरहेको प्रहरीले जनाएको छ ।
