कञ्चन गाउँपालिकाको दुई दिने क्षमता विकास तालिम सम्पन्न

१२ फाल्गुन २०८०, शनिबार १८:००

काठमाडौं। कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि दुई दिवसिय क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

शुक्रवारदेखि सुरु भएको उक्त कार्यक्रम बुद्धभूमि कन्सलटिङ्ग प्रा.लि. को व्यवस्थापनमा तालिम उदघाटनको अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने कामहरुको बिषयमा अध्ययन गर्नैपर्ने बताए।

उनले जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र अध्ययन नगर्दा धेरै समस्या आएको बताउँदै यस किसिमका तालिमले समस्या सहजीकरणमा धेरै सहयोग पुग्ने विश्वास ब्यक्त गरे।

क्षमता विकास तालिममा प्रशासनविद काशीराज दाहाल र पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रशिक्षण दिएका हुन्। तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत स्थानीय गरी ६० जना भन्दा बढीले सहभागिता जनाएका थिए । शुक्रवारको तालिममा स्थानीय तहका काम, कर्तब्य र अधिकारका बिषयमा जनप्रतिनिधि, कर्मचारीहरुसंग सहजीकरण गरिएको हो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले पनि कार्यक्रमका बारेमा आफुनो मन्तव्य राखेकि थिइन् भने प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यको बिषयमा प्रकाश पारेका थिए। कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गरेका थिए ।