अनिल साह र देव खनाल शून्यमा रनमा आउट

९ फाल्गुन २०८०, बुधबार १०:५७

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्धको खेलमा लगालग विकेट गुमाएको नेपालको इनिङ आसिफ शेख र कुशल मल्लले सम्हालेका थिए ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए पनि एकै ओभरमा दुई विकेट गुमाएपछि नेपाल समस्यामा परेको थियो । सातौं ओभरको दोस्रो बलमा कुशल बेर्नाडए स्कोल्ट्जको बलमा १८ रनमा एलबीडब्लू आउट भएका थिए । एक बलपछि अनिल साह शून्य रनमा क्याच आउट भएका थिए ।

अर्को ओभरमा देव खनाल पनि शून्यमा आउट भएपछि नेपाल ४३–३ को अवस्थामा पुगेको थियो । त्यसपछि टोलीले सरप्राइज रुपमा कुशल मल्ललाई पठाएको छ । कुशल र आसिफ नेपाललाई सम्हाल्न खोजेका छन् । नेपालको आजको टोलीमा यी दुई खेलाडीपछि भीम सार्की, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी जस्ता ब्याटर आउन बाँकी छ ।