काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३६पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
