काठमाडौं । सुनको मूल्य आइतबार तोलामा ६०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबारको दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।
