जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : अध्यक्ष नेपाल

१८ माघ २०८०, बिहीबार १२:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन् ।

विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरे पनि पाँचवर्षसम्म गठबन्धन चल्ने बताए ।

उनले भने, ‘यो गठबन्धन कतिपय लाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने वित्तिकै वाक्कदिक्क मान्छन् । तर उनीहरु जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन् । पाँचवर्ष सम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासनकायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस भन्ने हाम्रो पनिचाहना छ ।’

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखीकामगर्न सरकारलाई आग्रहगरेको भन्दैयसको लागिगम्भीर भएर लाग्नआवश्यक रहेको बताए ।

उनले भने, ‘भाषण र वाचाभन्दा परिणाममूखी काम गर्नुपर्छ रत्यसको लागि सरकारलाई आग्रहपनि गरेका छौ । विगतका गल्तीलाई समिक्षा गर्नुपर्छ । कनिका छरेजसरी बजेट छर्ने । आवश्यकनभएको योजनामालगानी गर्ने बानी छ,आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’

मसानघाटबाट भूतजगाए जस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गरेका छन् ।
उनले भने, ‘हराई सकेका शक्तिहरु, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्नेवाला पनि छैन । केही गर्नेवाला पनि छैन्। जाग्न पनि दिदैँनौ, टिक्न पनि दिदैँनौ । त्यसकारणले व्यर्थको कसरत नगरौं ।’