सरकारले प्रदेशसभाको अस्थायी राजधानी तोक्न गृहकार्य जारी’

२६ पुष २०७४, बुधबार ०३:४३

पुस २६, काठमाडौं । सरकारले प्रदेशसभाको अस्थायी राजधानी तोक्न आवश्यक गृहकार्य भइरहेको जनाएको छ ।

संविधानअनुसार प्रदेशसभाको स्थायी राजधानी तोक्ने काम प्रदेशसभाकै भएकाले अस्थायी राजधानी तोक्ने काम सरकारले गृहकार्य गरिरहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जारी गर्नुभएको विज्ञप्तिमा स्थायी राजधानी नतोकिँदासम्म जरुरी काम सपन्न गर्न अस्थायी राजधानी तोक्ने गृहकार्य भइरहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशसभाका सदस्यहरूलाई शपथग्रहण गराउने लगायत कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्यहरू तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको व्यहोरा सर्वसाधारणलाई जानकारी गराइन्छ । ’