नेपाललाई आठौँ सफलता स्पिनर दीपेश कँडेलले दिलाए

१२ माघ २०८०, शुक्रबार १५:५२

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ । नेपाललाई आठौँ सफलता स्पिनर दीपेश कँडेलले दिलाएका हुन् । उनले २०.३ ओभरमा अरब गुललाई शून्यमै आउट गरे ।

यस्तै, अफगानिस्तानको सातौं विकेट तिलकराज भण्डारीले लिए । उनले १७.३ ओभरमा एम एएम गजानफरलाई ३७ रनमा क्याच आउट गराए । त्यसअघि नेपाललाई आकाश चन्दले पाँच र गुलशन झाले एक सफलता दिलाइसकेका छन् ।

आकाश चन्द बने सर्वाधिक विकेटकर्ता

सर्वाधिक विकेट लिने मामलामा शीर्ष स्थानमा उक्लिएका छन् । शुक्रबार जारी समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

आकाशले तीन खेलमा सबैभन्दा बढी ८ विकेट लिएका छन् । उनले पाकिस्तानविरुद्ध तीन विकेट लिएका थिए । आकाश पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भने विकेटविहीन भए । नेपालले जित्नैपर्ने खेलमा अफगानिस्तानविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ । यो अवस्थासम्म आकाशले पाँच, गुलशन झा र तिलक भण्डारीले एक–एक विकेट लिएका छन् ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले यो समाचार तयार पार्दासम्म १९ ओभरमा ८ विकेट गुर्मार ८८ रन बनाएको छ । सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन् ।