झापा । गएराति झापाको बाह्दशीमा मोटरसाइकल दुर्घटना हुँदाएक जनाको मृत्यु भएको छ ।
राजगढमा जारी महोत्सव हेरेर फर्किएका बाह्दशी गाउपालिका–३ का रबिन उप्रेतिको दुर्घटनामा मृत्यु भएको हो । बिहीबार राती बाह्दशी ३ स्थित त्रिवेणी चोकमा आफैं अनियन्त्रित भई प्र १–०१–०१६प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राति दुर्घटना भएपनि स्थानीयले बिहान मात्र देखेर प्रहरीलाई खबर गरेका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता ढुण्डिराज गिरीले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि गएका उप्रेती २२ दिन अघि मात्र घर आएका थिए ।
