आजका विदेशी मुद्राको विनिमय दर के कतिमा खरिद बिक्री हुदैछ ?

६ माघ २०८०, शनिबार ०९:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ ।

शुक्रबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो। आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।