साउदी रंगशाला महिलाका लागि पनि खुल्ला हुने

२५ पुष २०७४, मंगलवार १०:२५

पुस २५, काठमाडौं । (एजेन्सी)

साउदी अरबको रंगशाला आउँदो शुक्रबारदेखि महिलाहरुको लागि पनि खुल्ला गरिने भएको छ ।फुटबल प्रतियोगिता हेर्नको लागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ ।

साउदी अरबका महिलाहरुले इतिहाँसमै पहिलो पटक रंगशालामा गएर फुठबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनकाबीचमा प्रतिशपर्धा हुन लागेको छ ।