काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज सुनको मूल्य घटेको हो ।
७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले बताएको छ। हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।
